birat ribon

आफुविरुद्ध ‘हेटस्पिच’ दिएको भन्दै सांसद सरिता गिरी आक्रोशित

Neuro
आफुविरुद्ध ‘हेटस्पिच’ दिएको भन्दै सांसद सरिता गिरी आक्रोशित

काठमाण्डौ, २३ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलेले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन र अभिव्यक्त्ति दिनेलाई कार्वाह गर्न माग गरेकी छन ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै सांसद गिरीले १९ जेठमा आफ्नो अनुपस्थितिमा नेकपा सांसद गंगा चौधरीले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन ।

cura insider

मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी सांसद गिरीको छ ।

उनले सोही अभिव्यक्तिलाई आधारमानेर सांसद चौधरी विरुद्ध कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण पनि गराइन ।

उनले आफनो अनुपस्थितीमा नेकपा सांसद चौधरीले ‘हेटस्पिच’ दिएको आरोप लगाइन ।

सांसद अमृता देवी अग्रहरीले पनि सांसद गिरीको पक्षमा मन्तव्य दिदै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफि माग्नुपर्ने तर्क गरिन ।

१९ जेठमा संसदको शुन्य समयमा सांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा बोल्दै संसदभित्र पनि भारतले दादागिरी देखाउन खोजेको आरोप लगाएकी थिइन । उनले भनेकी थिइन “अनुदानसंग जमिन स्वभिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन ।

नेपालमाथि भारतको दादागिरी नमिचिएको ठाउँ छैन । नहेपिएको गाउ छैन । भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो ।’

सांसद चौधरीले भूमि मिचाहासंग सल्लाहा छलफल गरेर मात्र आफ्नो जमिन मेरो हो होइन भन्नुपर्ने आफनो देशको भूमि मिचाहासंग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ? भन्दै प्रश्न गरेकी थिइन ।

उनले भनेकी थिइन ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याक्छन् अनि रअ का एजेण्टहरु १५ दिनसम्म घाईते हुन्छन् । अनि सपनाको विरुद्धमा सम्पुर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन् । ”

jackson ribon