birat ribon

म्यानमारबाट ल्याएका नेपाली बसुन्धाराको होल्डीङ सेन्टरमा

Neuro
म्यानमारबाट ल्याएका नेपाली बसुन्धाराको होल्डीङ सेन्टरमा

विराटनगर , २३ जेठ । लकडाउनपछि सरकारले पहिलो पटक उद्धार गरेर म्यानमारबाट स्वदेश ल्याएका २६ जना नेपालीलाई बसुन्धाराको होल्डीङ सेन्टरमा राखिएको छ ।

म्यानमार एयरफोर्सको विमानमार्फत शुक्रबार विहान काठमाडौं ओर्लिएका २६ नेपालीलाई बसुन्धारा स्थित यती पार्टी प्यालेसमा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरुलाई होल्डिङ सेन्टरसम्म नेपाली सेनाको बसले पुरयाएको थियो ।

cura insider

पहिलो चरणमा म्यानमारमा नेपाल ल्याइएका २६ जना नेपालीहरु मध्ये प्रदेश १ का ४ जना, बागमतीका १७ जना, गण्डकी का ४ जना, प्रदेश ५ का १ जना छन् ।

विदेशबाट ल्याइने नागरिकहरुलाई कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस मानेजमेन्ट सेन्टर (सीसीएमसी)को संयोजनामा काडमाडौंका विभिन्न पार्टी प्यालेसहरुमा होल्डिङ सेन्टर बनाई केही समय राख्ने र सम्बन्धित प्रदेश सरकार मार्फत स्थानीय तहसम्म पु¥याई क्वारेन्टाइनमा राख्ने तयारी छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि विभिन्न देशमा नेपालीहरु अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई ल्याउने क्रममा पहिलो पटक शुक्रबार म्यानमाराट २६ जना नेपालीलाई नेपाल ल्याइएको हो ।

jackson ribon