birat ribon

विदेशबाट फर्केका नेपालीलाई होल्डीङ सेन्टरमा आराम गराएर प्रदेशमा पठाइने

Neuro
विदेशबाट फर्केका नेपालीलाई होल्डीङ सेन्टरमा आराम गराएर प्रदेशमा   पठाइने

काठमाण्डौ, २३ जेठ । विदेशबाट फर्किएका नेपालीहरुलाई नेपाली सेना र सुरक्षाकर्मीहरुले व्यवस्था गरेको बसबाट काठमाडौंको होल्डीङ सेन्टरसम्म पुरयाएर आराम गराएछि प्रदेशमा पठाइने तयारी भएको छ ।

विदेशबाट फर्केका नेपालीहरुकालागि राख्नकालागि गरेको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीबारे बुझेपछि कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गराउको जानकारी अनुसार हवाई उडानबाट अवतरण भएपछि उनीहरुलाई पहिले काठमाण्डौमा रहेको होल्डिङ एरियामा लगिनेछ ।

cura insider

संघीय सरकारले विदेशबाट फर्केका नेपालीहरुकालागि होटल र पार्टी प्यालेसहरुलाई होल्डिंग सेन्टरका रुपमा स्थापना गरेको छ ।

केही घण्टाको आरामपछि उनीहरुलाई क्रमश सम्बन्धित प्रदेशमा पठाइने छ भने प्रदेशबाट स्थानिय तहमा पठाइने छ ।

विदेशबाट आउँदै गरेका नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारी सन्तोषजनक भएनभएकोबारे बुझन विषयमा समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुमार्फत शुक्रबार जानकारी लिएका छन ।

समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले शुक्रबारदेखि विदेशबाट नेपालीहरु ल्याउन थालिएको बताए ।

पहिलो चरणमा म्यानबाटरबाट २६ जना नागरिक आइसकेको र दिउसो युएईबाट समेत आउने सचिव विडारीले जानकारी दिए ।

विदेशबाट उद्दार गरी नेपाल ल्याइएका नागरिकको व्यवस्थापनाको काम कोरेना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टेर (सीसीएमसी)को संयोजनामा हुने छ ।

jackson ribon