birat ribon

शल्यक्रियाका लागि विपीको अब्जरभेसनमा रहेकी बालिकामा कोरोना संक्रमण

Neuro
शल्यक्रियाका लागि विपीको अब्जरभेसनमा रहेकी बालिकामा कोरोना संक्रमण

विराटनगर, २३ जेठ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सल्यक्रियाका लागि भर्ना भएकी बालिकामा कोरोना संक्रमण देखिएको छ ।

Padelux insider
cura insider

खुट्टाको शल्यक्रियाका लागि केही दिन अघि भर्ना भएकी ७ वर्षिय बालिकामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

शल्यक्रिया अगाडी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको छ ।

अप्रेसन पूर्व गरिएका परीक्षण गर्दा बिहीबार बेलुका कोरोना रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकाेटाले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएपछि बालिकाको कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको छ । बालिका बराहक्षेत्र नगरपालिका ठेगाना भएकी हन ।

बालिकाको क्यान्ट्याक ट्रेसिङ भइरहेको बताउँदै उनले अर्थो अब्जरभेसन वार्डमा आवतजावत बन्द गरिएको छ ।

jackson ribon