नहरमा डुबेर वृद्धको मृत्यु

विराटनगर, २३ जेठ । मोरङ ग्रामथान–५ सिमरियाका ६० वर्षीय वृद्धको नहरमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ नहरमा डुबेर फौदी चौधरीको मृत्यु भएको प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हिजो साझँ ६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको हो ।

Loading...