थुनुवाको सुबिधाका लागि तीनवटा टेलिभिजन सहयोग

विराटनगर, २३ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङलाई नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले तीनवटा टेलिभिजन सहयाेग गरेको छ ।

प्रहरी हिरासतमा रहेका थुनुवाको सुविधाका लागि मञ्चले तीनवटा टेलिभिजन सहयोग गरेको हो ।

परिवार र आफन्तबाट टाढा रहेकाहरुमा मानसिक तनाब नहोस भन्ने उदेश्यले ६० हजार मुल्य बराबरको टेलिभिजन हस्तान्तरण गरेको सञ्चका अध्यक्ष सृजन प्याकुरेलले बताए ।

उनले टेलिभिजन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईलाई हस्तान्तरण गरेका थिए ।

Loading...