कृषकलाई मल , विउ र बिषादी सहज उपलब्ध गराउन सांसदको आग्रह

विराटनगर, २३ जेठ । राष्ट्रियसभाका सांसद गोपीबहादुर अछामीले कृषकहरुलाई मल , बिउ र बिषादी सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।

शुक्रबार राष्ट्रिय सभाको बिशेष समयमा बोल्दै सांसद अछामीले लकडाउनेगर्दा देशभरका कृषकहरुले मल , विउ र विषादीको समस्या झेलिरहेकोले सहज रुपमा उपलब्ध गराउन सरकारसग माग गरेका हुन ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद अछामीले खेती लगाउने समयमा किसानहरुले मलखाद सर्वसुलभ रुपमा नपाएको, बन्दाबन्दीमा स्वदेशी कृषि उत्पादनको बजार व्यवस्थित हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

सांसद अछामीले सिमा नाकामा कोरोना परीक्षण केन्द्रको संख्या बढाएर क्वारेन्टाइन व्यवस्थित बनाई पिसिआर परीक्षण बढाउन पनि माग गरे । उनले विदेशबाट आएका नेपालीहरुलाई स्वास्थ्य परीक्षणपछि सेल्फ क्वारेन्टाइमा राख्ने व्यावस्था गर्नु उचित हुने बताए ।

लकडाउनने कक्षा १ देखि १० सम्मका मुलुकभरका झण्डै ७० लाख विद्यार्थीको पठनपाठन अवरुद्ध भएकाले निशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने र स्थानिय एफएमहरुबाट कक्षा सञ्चालन गर्दा सबै विद्यार्थीलाई रेडियो उपलब्ध गराउन पनि आग्रह गरे ।

सांसद अछामीले बन्दाबन्दीमा करतिर्ने सम्बन्धी सरकारको निर्देशनका कारण उद्योगीहरु आतंकित अवस्थामा रहेको भन्दै लकडाउनको मोडालिटि परिर्वतन गरि आर्थिक गतिविधि अगाडि बढाउने सहज बातावरण बनाउन सरकारसँग माग गरे ।

उनले ठूला , मझौला र साना सबैखाले उद्योगीहरुलाई उचित सम्बोधन गरेर उद्योगधन्दा सुचारु गराउनुपर्नेमा जोड दिए ।

उद्योग सञ्चालन नहुँदा लाखौ मजदुर र उनीहरुका परिवार भोकभोकै परिरहेको भन्दै उनले सरकारको ध्यान आकर्षण गराए । सांसाद अछामीले भने र्, अव लकडाउनको रुवरुप परिवर्तन गरेर जनजिवन सहज बनाउदैलानुपर्छ ।,

उनले अहिले राजनीतिक पार्टीहरु आइसोलेटड जस्तो भएको भन्दै सबै जिल्लामा राजनैतिक शक्त्तिहरु वडा स्तरसम्म संयुक्त्त रुपले सरकारसँग मिलेर परिचालित भएमात्र कोरोना संक्रमणलाई रोकथान गर्न सकिने उनले सरकारलाई सुझाव दिए ।

उनले भने , ‘स्थानीय तह अन्तर्गत ६ हजार ५ सय ५४ वटा वडाहरु छन् । एउटा वडामा हामीले सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु २० जनाका दरले भोलेन्टियरको रुपमा परिचालन गर्ने हो भने १ लाख ३१ हजार ८० जति राजनीतिक जनशक्ति लाई परिचालित गर्न सक्छौं । कोरोनालाई परास्तगरि जीवनलाई सुचारु र व्यवस्थित बनाउन सबै एकजुट बनौ ।’

Loading...