टोटनह्यामका सनमाथि रियल मड्रिडको नजर

एजेन्सी, २३ जेठ । स्पेनिस क्लब रियल मड्रिडले दक्षिण कोरियाली फरवार्ड सन हिउङ–मिनमाथि नजर लगाएको बताइएको छ ।

स्पेनिस पब्लिकेसन ‘डन बालोन’का अनुसार टोटनह्यामका स्टार सनलाई यसै समरमा भित्र्याउने योजना बनाएको हो ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले २७ वर्षीय सनलाई अनुबन्ध गर्ने योजना बनाएको बताइएको छ ।

हालै मात्र आफ्नो सैन्य तालिम सकेर टोटनह्याम फर्किएका सनलाई यसै समरमा भित्र्याउने पेरेजको योजना रहेको छ ।

खबरका अनुसार टोटनह्यामले सनको मूल्य १ सय ५० मिलियन युरो तोकेको छ । सन् २०२३ सम्म कोरियाली स्टार सनको टोटनह्यामको सम्झौता रहेको छ ।

Loading...