मोरङको गोठगाउँमा कोरोना अस्पताल सञ्चालनमा, झापामा अस्पताल बन्दै

विराटनगर, २२ जेठ । कोरोना संक्रमितको संख्या बढेपछि मोरङमा थप एउटा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ ।

मोरङ सुन्दरहरैचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा कोरोना अस्पताल सञ्चालनमा ल्याईएको छ ।

मन्त्री जीवन घिमिरे

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहीबारबाट गोठगाउँमा कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल सञ्चालनमा ल्याइएको बताए । पूर्वाञ्चल विश्व विद्यालयको अस्पतालमा २ सय बेड राखिएकाे उनले बताए ।

गोठगाउँपछि मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारी भइरहेको मन्त्री घिमिरेले बताए ।

झापामा पनि २ सय बेडको अस्पताल सञ्चालन गर्ने तयारी छ । संक्रमित बढ्दै गएका कारण सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा श्री रामानन्दाचार्य सेवा पीठको भवनलाई अस्पताल बनाउने तयारी भइरहेको उनले बताए ।

कोरोनाको प्रकोप अझै बढ्ने भएका कारण उपचार केन्द्र निर्माणको काम भईरहेको मन्त्री घिमिरेले बताए ।

‘धरान र विराटनगरमा गम्भिर प्रकृतिका विरामीलाई राख्छौं ।’ मन्त्री घिमिरेले भने ‘ सामान्य अवस्थामा संक्रमितलाई स्वास्थ्यकर्मीका निगरानीमा नयाँ अस्पतालहरुमा राख्छौं ।’

Loading...