धनकुटाका स्वास्थ्यकर्मीले जिते कोरोना, संक्रमतको स्रोत भेटिएन्

विराटनगर, २२ जेठ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् ।

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी

४ जेठमा पहिलो पटक धनकुटा अस्पतालमा कार्यरत नर्सलाई कोरोना देखिएको थियो । ७ जेठमा दुई सुरक्षाकर्मी, २ स्वास्थ्यकर्मी र एकजना स्वास्थ्यकर्मीका आफन्तलाई कोरोना देखिएको थियो ।

बिहीबार संक्रमण देखिएका मध्ये चारजना स्वास्थ्यकर्मी डिस्चार्ज भएका हुन । संक्रमित डिस्चार्ज भएपनि संक्रमणको स्रोत अझै खुलेको छैन ।

‘धनकुटा अस्पतालका स्वास्थ्यकर्मीले कोरोना जित्नु भयो । संक्रमणकाे स्रोत अझै खोज्दै छौं ।’ प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने ‘पहिलो स्रोत नभेटेपनि अस्पताल भित्र फैलन सक्ने जाेखिमलाई नियन्त्रण गर्याै ।’

धनकुटा अस्पतालमा भएको संक्रमणका बारेमा विज्ञसहितको टोलीले अध्ययन गरिररहेको मन्त्री घिमिरले बताए ।

Loading...