प्रदेश १ मा कोरोना : बिहीबार १६ संक्रमित थपिए, ३० जना डिस्चार्ज

विराटनगर, २२ जेठ । बिहीबार प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिदा ३० जना डिस्चार्ज भएका छन् । विहीबार प्रदेश १ को चार जिल्लामा १६ संक्रमित थपिदा ७ जिल्लाका ३० जना डिस्चार्ज भएका हुन ।

बिहीबार झापाको भद्रपुर नगरपालिकामा ३, कचनकवल गाउँपालिकामा २, खोटाङको हलेसी नगरपालिकामा ३, सुनसरीको भोक्राहनर्सिङ गाउँपालिकामा २, गढी गाउँपालिकामा २, बराह क्षेत्र नगरपालिकामा ३ र मोरङको सुन्दरहरैचा नगरपालिकामा १ गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोशी अस्पताल विराटनगर कोभिड १९ उपचार केन्द्रबाट २७ जना र विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका हुन ।

बिहीबारसम्म संक्रमितको संख्या २०१ पुगेको छ भने ७८ जना कोरोना जितेर घर फर्किएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

बिहीबार विराटनगरबाट उदयुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, धनकुटाका ४, खोटाङका १ र सप्तरीका २ जना डिस्चार्ज भएका हुन । कोरोना जित्नेमा ४ जना महिला र २३ जना पुरुष छन् ।

बिपीबाट पनि झापाका ३ जना डिस्चार्ज भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

Loading...