मधुमेह रोगीले जुस पिउनुभन्दा पनि फलफूल खानुपर्छ

विराटनगर, २२ जेठ । सुगारका बिरामीले जुस पिउनुभन्दा पनि फलफूलमा जोड दिनुपर्ने हुन्छ ।

धेरै मानिसहरूमा मधुमेह रोगीहरूले फलफुल खानु हुँदैन भन्ने भ्रम फैलिएको छ ।

मधुमेहका रोगीले विभिन्न खाना खान छोड्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हुन्छ ।

मधुमेहका रोगीहरूले फलफुलहरू खान सक्छन् ।

किनकी फलफुलमा फाइबर र फ्रुक्टोज चिनी हुन्छ ।

फलफूलमा फाइबर हुने कारण, फ्रुक्टोज बिस्तारै रगतमा बाहिर निस्कन्छ र शरीरले ईन्सुलिनबिना फ्रुक्टोजलाई प्रयोग गर्न सक्छ ।

यद्यपि फलफूलको रसमा फाइबर नहुने हुँदा जुसको सेवन गर्ने सल्लाह दिइँदैन ।

मधुमेहको समस्या भएका व्यक्तिहरूले फलफूल खान सक्ने भए पनि फलफूलको जुस भने पिउनु हुँदैन ।

फलफलूलको जुसमा चिनीमात्र हुने भएकाले व्यायाम गर्दा पनि यसलाई शरीरले पचाउन सक्दैन ।

सुगर ब्यालेन्स गर्नका लागि फाइबर भएकै खानेकुरा खानु पर्छ ।

त्यसैले पनि मधुमेह भएका व्यक्तिहरूले जुसभन्दा फलफूलमा बढी जोड दिएको राम्रो हुन्छ ।

फलफूल खाँदा पनि मात्रालाई ध्यानमा राखेर खानुपर्छ ।

मधुमेह भएकाहरूलाई अंगुर, तरबुजा, उखु, आँप, गुलियो सुन्तला, केरा, कस्टर्ड स्याउ जस्ता फलफूल खान सल्लाह गरिँदैन ।

Loading...