डेढ महिनापछि उदयपुर कोरोना मुक्त

विराटनगर,२२ जेठ । प्रदेश १ मा कोरोना हटस्पटको रुपमा परिचित उदयपुर कोरोना भाइरस संक्रमण मुक्त भएको छ ।

बिहीबार उदयपुरका तीनजना डिस्चार्ज भएसँगै उदयपुर जिल्ला कोरोना मुक्त भएको हो ।

उदयपुरकाे त्रियुगा नगरपालिका ३ भुल्केमा ५ बैशाखमा पहिलो पटक १२ जना भारतीय जमातीमा कोरोना संक्रमण देखिएको थियो । मुस्लीम धर्म प्रचारक जमातीमा संक्रमण देखिएपछि परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको थियाे ।

यस अघि नै ३० जना डिस्चार्ज भएका थिए । बुधबार तीनजना डिस्चार्ज भएसँगै उदयपुर कोरोना मुक्त भएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरले जानकारी दिए ।

मन्त्री घिमिरेका अनुसार संक्रमण देखिएको ५८ दिनपछि उदयपुर कोरोना मुक्त हुँदा प्रदेश १ मा कोरोना संक्रमितको संख्या २०० नाघेको छ । बिहीबार १६ जनामा संक्रमण देखिएसँगै प्रदेश १ मा संक्रमितको संख्या २०१ पुगेको छ ।

नयाँ केन्द्रबिन्दु झापा

पछिल्लाे समय झापा काेराेना संक्रमणकाे केन्द्रबिन्दु बनेकाे छ । झापामा मात्र काेराेना संक्रमितकाे संख्या १२४ पुगेकाे छ । ती मध्ये १०२ जना कचनकवल गाउँपालिकाका छन् । झापामा संक्रमण पुष्टि भएकाहरू भारत तथा तेस्राे देशबाट आएकाहरू हुन ।

Loading...