एकै दिन ४ हजार बढी संक्रमित बढेसँगै पाकिस्तानले चीनलाई उछिन्यो

विराटनगर, २२ जेठ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड १९ तीब्र रूपमा फैलिरहेको बेलामा चीनमा भन्दा अन्य देशहरूमा संक्रमितको संख्या बढ्दै गएको छ ।

हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचिमा चीनलाई उछिन्दै पाकिस्तान माथि सर्दै आएको छ ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ८५ हजार नाघेको छ ।

बिहीबार दिउँसोसम्म पाकिस्तानमा ४ हजार ८ सय १ जना नयाँ संक्रमित रेकर्ड गरिएसंगै त्यहाँ ८५ हजार २ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या चीनका कोरोना भाइरस संक्रमितको भन्दा २ हजार २ सय ४२ले बढी हो ।

चीनमा हालसम्म ८३ हजार २२ जनामा कोरोना संक्रमित देखिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने चीनको भन्दा पाकिस्तानमा कम रहेको छ ।

चीनमा हालसम्म ४ हजार ६ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने पाकिस्तानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७० रहेको छ ।

चीनमा ७८ हजार ३ सय १९ जना उपचार पछि निको भएका छन् भने पाकिस्तानमा निको हुनेको संल्ह्या ३० हजार १ सय २८ मात्र रहेको छ ।

पाकिस्तान अहिले कोरोना प्रभावित देशको सूचिमा १७ नम्बरमा पुगेको छ ।

Loading...