birat ribon

संघीय संसदको चालु अधिवेशनमा गैरसरकारी विधेयक प्रस्तुत नहुने

Neuro
संघीय संसदको चालु अधिवेशनमा गैरसरकारी विधेयक प्रस्तुत नहुने

काठमाण्डौ, २२ जेठ । संघीय संसदको छैठौ अधिवेशनमा संविधान संशोधन सम्बन्धी सरकारी विधेयक मात्र बैठकमा पेश हुनेछ ।

संविधानको अनुसूचि ३ मा रहेको निशान छाप संशोधनका लागि सरकारले ल्याएको संविधानको दोश्रो संशोधन विधेयक प्रक्रियामा गईसकेकोले उक्त्त विधेयक मात्र संसदको चालु अधिवेशनको बैठकमा पेश हुने भएको हो ।

cura insider

तर राजनीतिक दलको तर्फबाट दर्ता भएका संविधान संशोधन सम्बन्धी अन्य विधेयक प्रक्रियामा चालु अधिवेशनमा प्रकृयामा जाने छैनन ।

एउटै अधिवेशनमा समान विषयको विधेयक एक भन्दा बढी प्रस्तुत हुन नसक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलिले गरेकाले संविधान संशोधन सम्बन्धी अन्य दुई विधेयक यस अधिवेसनमा पेस हुन नसक्ने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय १ मा समान विषयको विधेयक सूचीमा नरहने व्यवस्था छ ।

तर पुर्व सचिव मुकुन्द शर्मा सभामुखको आदेश नभए प्रतिनिधिसभा नियमावलिमा भएको संविधान संशोधन सम्बन्धी राजनीतिक दलका विधेयक चालु अधिवेशनमा प्रस्तुत हुन नसक्ने बताउँछन ।

संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार गैह्सरकारी विधेयक दर्ता भएपछि प्रतिक्रियाका लागि सरकारलाई पठाउने गरिन्छ । उनका अनुसार

कार्यान्वय गर्ने निकाय सरकार भएको तथा आर्थिक व्ययभार र कानुनी दृष्टिले बाँझिने अवस्था भएनभएको विश्लेषण गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई गैह् सरकारी विधेयकमाथिको प्रतिक्रियाका लागि पत्राचार गरिने प्रचलन छ ।

संसदमा दर्ता भएको सरकारी बिधेयक ५ दिनभित्र अगाडी बढछ । तर गैरसरकारी बिधेयक ७ दिनपछि मात्र आगाडी बढाईन्छ ।

सरकारको संविधान संशोधन विधेयक बाहेक राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा , नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दे नेपाली कांग्रेसका सांसदहरु अमरेश कुमार सिंह, उमाकान्त चौधरी लगायत ८ जना सांसदको र जनमोर्चा नेपालको तर्फबाट विधेयक दर्ता भएका छन् ।

jackson ribon