birat ribon

लकडाउनले काठमाण्डौमा फसेका भारतीय नागरिकलाई बसबाट भारत पठाइदै

Neuro
लकडाउनले काठमाण्डौमा फसेका भारतीय नागरिकलाई बसबाट भारत पठाइदै

विराटनगर, २२ जेठ । भारतीय सरकारले लकडाउनले काठमाण्डौमा रोकिएका आफ्ना नागरिकलाई स्थल मार्गबाट धमाधम स्वदेश फिर्ता लान थालेको छ ।

विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आएर रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्थलमार्ग मार्फत धमाधम स्वदेश फिर्ता लान थालिएको हो ।

cura insider

लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका भारतीय बस मार्फत धमाधम भारत पठाउने काम भैरहेको छ ।

भारतीय दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था भैरहेको छ ।

भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो ।

jackson ribon