लकडाउन वेवास्ता गर्दै काठमाण्डौमा खुल्न थाले पसल


काठमाण्डौ , २२ जेठ । लकडाउनको वेवास्ता गर्दै समाजिक दुरी कायम गराएर काठमाण्डौमा अधिकांस पसहलरु खुल्न थालेका छन ।

सरकारले ११ चैतदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबार देखि राजधानी काठमाण्डौमा पसल खोल्न थालेका हुन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म काठमाण्र्डौको न्युरोडमा पसल सञ्चालन गर्न थालेको बताए ।

पसलहरु सञ्चालन गर्दा व्यापारीहरुले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाउने गरेको अध्यक्ष कटुवालले बताए ।

अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्न बाध्य हुनुपरेको बताए ।

उनललकडाउनका कारण लामो समय सम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेका छन ।

अध्यक्ष कटुवालका अनुसार पसल खु्ल्न थालेपछि केही ठाउँमा प्रहरीले बन्द गराउँदै हिडेने गरेपछि आफुहरु जसरी पनि पसल सञ्चालन गर्ने पक्षमा रहेको बताए ।

उनका अनुसार बिहीबार न्युरोड, असन, भोटेबहाल लागयतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।

Loading...