महिलाहरूले आफ्नो डाइटमा समावेश गर्नुपर्ने ५ चीज यस्ता

विराटनगर, २२ जेठ । स्वस्थ रहनका लागि राम्रो सन्तुलित आहार खान जरुरी हुन्छ । प्रत्येक महिलाले आफ्नो खानामा स्वास्थ्यका लागि उत्कृष्ट र विभिन्न रोगहरू लाग्न नदिने खानेकुराहरू समावेश गर्नुपर्छ । महिलाहरूले आफ्नो डाइटमा समावेश गर्ने पर्ने ५ चीज यस्ता छन्:

साग : साग, खानको लागि सबैभन्दा आकर्षक चीज नहुन सक्छ तर, सागमा धेरै मिश्रित खनिज र भिटामिनहरू हुन्छन् । म्याग्नेशियमले भरिएको सागको सेवनले महिनावारी अगाडी हुने पीएमएसका लक्षणहरू कम गर्न, हड्डीलाई स्वास्थ्य राख्न, रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न र दमको जोखिमलाई कम गर्छ ।

आलस : ओमेगा ३ फ्याट्टी एसिडहरूको पर्याप्त मात्रा भएको आलसको सेवन मुटुको समस्या र रगतमा चिनीको स्तर नियन्त्रण गर्नका लागि उत्कृष्ट मानिन्छ । एन्टी इन्फ्लामेटरी गुणहरूको साथ आलसको दैनिक सेवन स्वास्थ्यको लागि उत्तम हुन्छ ।

क्रनबेरी : स्वादिलो हुनुको साथै, क्रनबेरीले हृदय रोग, दाँतको समस्या र केही हदसम्म मुत्रनलीको संक्रमणबाट जोगाउन मद्दत गर्छ । क्रनबेरीमा हुने फाइटोन्यूट्रिएन्ट, एन्टीआक्सीडन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरूले विभिन्न रोगहरूको समूहबाट बचाउँछ ।

टमाटर : अधिकांश मानिसहरूको घरमा टमाटर दैनिक सेवन गर्ने गरिन्छ । टमाटरमा पाइने लाइकोपीन नामक एक पिग्मेन्टले स्तन क्यान्सर र हृदय रोगबाट बचाउन सक्ने अध्ययनले समेत देखाइसकेको छ । यसले हड्डीको स्वास्थ्य सुधार गर्नुका साथै कोलेस्ट्रोलको मात्रा कम गर्न पनि मद्दत गर्छ ।

ओट्स : ओट्सको सेवन मुटुको लागि राम्रो हुनुको साथै पाचनलाई सुधार र रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । ओट्सको सेवनले पीएमएससँग सम्बन्धित मुड स्विंगहरू रोक्न मद्दत गर्द छ। डाइटरी फाइबर प्रशस्त रूपमा पाइने ओट्सको सेवनले कोलेस्ट्रोल कम गर्न र ग्यासट्रोइन्टेसटिनल मार्ग सहज रूपमा सक्रिय राख्छ ।

Loading...