birat ribon

छ वर्षकी बालिकाले जितिन् कोरोना

Neuro
छ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं, २१ जेठ । काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट ६ वर्षिय बालिका कोरोना जितेर घर फर्किएकी छन् । कोरोना जितेर उनी बुधबार घर फर्किएकी हुन ।

cura insider

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो ।

यही जेठ १२ र १७ गते दुई पटक पीसीआर गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि सोमबार उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खड्गाले बताए ।

शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्यलाभ भएकाले निजलाई आजै घर पठाइएको जानकारी दिए ।

jackson ribon