कटहरीमा १५ विपन्न परिवारको घर शिलान्यास

विराटनगर, २१ जेठ । जनता आवास कार्याक्रम अन्तरगत मोरङको कटहरीमा १५ विपन्न परिवारका लागि घर निर्माण गरिने भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो ।

कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गरेका छन् ।

घर निर्माणको शिलान्यास गर्दै मन्त्री घिमिरेले घर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

१५ वटा घर चालु आर्थिक वर्ष भित्रमा सक्ने लक्ष्य राखिएको छ ।

Loading...