प्रदेश १ को नीति तथा कार्यक्रम शुक्रबार

विराटनगर,२१ जेठ । १ नम्बर प्रदेश सरकारले शुक्रबार नीति तथा कार्यक्रम संसदमा पेस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले शुक्रबार दिउँसो ३ बजे संसद्‍मा नीति तथा कार्यक्रम पेस गर्ने निर्णय गरेकाे हाे ।

सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार बुधबार बसेको बैठकले विपद, खोज, उद्धार तथा राहत वितरणसम्बन्धी मापदण्ड २०७६ संशोधन गर्ने र प्रादेशिक सञ्चार प्रतिष्ठान गठन सञ्चालन नियमावली २०७७ लाई स्वीकृति दिने निर्णय गरेकाे छ ।

कोभिड १९ बाट प्रभावित भएका किसानलाई यही आर्थिक वर्षमा राहत वितरणका लागि कृषि व्यवस्था राहत वितरणसम्बन्धी कार्यविधि पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

Loading...