रुकुमपश्चिम घटनाका दोषीलाई कारवाही गर्न नेकपा माग

काठमाडौं, २१ जेठ । रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको ध्यानाकर्षण गराएको छ ।

१० जेठमा भएको घटनाका दोषीलाई कारवाही गरि पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज भएकाले यस्ता विभेदविरुद्ध अग्रपङ्क्तिमा रहेर नेकपाले सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै दोषीलाई कारवाहीको माग गरे ।

अन्तरजातीय प्रेम सम्बन्धमा रहेका जाजरकोटका युवा नवराज विकसहित पाँच जनालाई रुकुमपश्चिमा घेरा हाली कुटपिट गरी भेरी नदीमा फाल हाल्न बाध्य भएपछि उनीहरुको शव फेला परेको सार्वजनिक भएको थियो । सो घटनामा अझै एक युवा बेपत्ता छन् ।रासस

Loading...