प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८५९ पुग्यो

जनकपुरधाम, २१ जेठ । पछिल्लो २४ घण्टामा ४४ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सक्रंमणको पुष्टि भएको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक÷एक जना गरी ४४ जना नयाँ सङ्क्रमित थपिएको हो ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परीक्षण गरिएकामा नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सचिव डा घिमिरेले जानकारी दिए । रासस

Loading...