कर तिर्ने समय असार १५ सम्म थपियो, विवरण ७ गतेसम्म बुझाइसक्नुपर्ने

काठमाडौं, २१ जेठ । सरकारले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ ।

आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै करको विवरण र कर बुझाउने मिति थपेकाे जानकारी दिएकाे हाे ।

व्यवसायीको चर्को विरोधपछि पुनः विभागले करको विवरण बुझाउने म्याद ७ असारसम्म र रकम दाखिला गर्ने समय १५ असारसम्म पुर्‍याएको हो ।

मंगलबार विभागले जेठसम्म कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि करदाताले विरोध गरेका थिए । सरकारले लकडाउन नखुलाएपछि कर तिर्न नसकिने भन्दै उनीहरू आक्रोशित बनेका थिए ।

Loading...