चीनका अन्वेषकको पूर्वानुमान : भारतमा जुनको मध्यसम्ममा दैनिक १५ हजार संक्रमित थपिन्छन्

एजेन्सी, २१ जेठ । जुनमा भारतमा कोभिड १९का संक्रमितहरू लगातार वृद्धि हुने सम्भावना देखिएको बेला जुन महिनाको मध्यसम्ममा दैनिक १५ हजार संक्रमितहरू थपिने चीनका अन्वेषकहरूले पूर्वानुमान गरेका छन् ।

उत्तरपश्चिमी चीनको गान्सु प्रान्तमा लान्झो विश्वविद्यालय द्वारा स्थापित, “ग्लोबल कोभिड १९ प्रिडिक्ट सिस्टम” ले १ सय ८० देशहरूको लागि दैनिक पूर्वानुमान गर्दै आएको छ ।

भारतका लागि २ जुनमा उक्त अनुसन्धान समूहको पूर्वानुमान मोडेलले ९ हजार २ सय ९१ संक्रमित थपिने भविष्यवाणी गरेका थिए  ।

भारत सरकारको आधिकारिक तथ्यांकका अनुसार २ जुनमा ८ हजार ९ सय ९ जना संक्रमित थपिएसंगै एकै दिनका लागि सबभन्दा उच्च संक्रमितको संख्या रहेको भनिएको छ ।

अनुमान लगाइएको संक्रमितको संख्या र रिपोर्ट गरिएको संख्याको नजिक छ ।

‘हाम्रो भविष्यवाणी प्रारम्भिक चरणमा छ । गल्ती विश्लेषण चाँडै हाम्रो वेबसाइटमा अद्यावधिक हुनेछ, “लान्झो विश्वविद्यालयको वेस्टर्न इकोलोजिकल सेफ्टीको सहयोगी इनोवेशन केन्द्रका निर्देशक होआंग ज्यानपिंगले बताए ।

बुधबारदेखिको मोडेलले ९ हजार ६ सय ७६, १० हजार ७८, १० हजार ४ सय ९८ र १० हजार ९ सय ३६ गरी  दैनिक चार दिनसम्म नयाँ संक्रमितको भविष्यवाणी सार्वजनिक गरेको छ ।

Loading...