एमसीसीको विरोधमा माइतीघरमा प्रर्दशन

काठमााण्डौ , २१ जेठ । नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ संगठनले ेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन ।

एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षडयन्त्र थालिएको भन्दै क्रान्तिकारी माओबादीका भातृ संगठनहरुले बुधबार प्रदर्शन गरेका हुन ।

सहभागि विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए घरघरमा पुगेर आन्दोलन गर्ने बताए । एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडी बढ्न प्रेरित गर्नुपर्ने उनले जोड दिए ।

सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरेपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ ।

बुधबार नै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटना निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

Loading...