खोलाले बगाएर आठ वर्षीया बालिकाको मृत्यु

संखुवासभा, २१ जेठ । संखुवासभामा खोलाले बगाएर आठ वर्षीया बालिकाको मृत्यु भएको छ । खाँदवारी नगरपालिका–८ की कोरिना राईको सभाखोलाले बगाएर मृत्यु भएको हो ।

बुधबार दिउँसो सवा १२ बजेको समयमा बुबा–छोरी दुवै जना दोभानटारतर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक खोलामा लडेर दुवै जनालाई बगेका थिए ।

खोलाले बगाउँदा बालिकाको मृत्यु भएको र बुबा दीपक राई भने पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बालिकालाई बगाएको स्थानभन्दा करिब साँढे १ किलोमिटर तल मृत अवस्थामा फेला पारिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Loading...