प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण

विराटनगर, २१ जेठ । प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुममा गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङमा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंहमा ७ जना पुरुष, धनकुटामा १ जना पुरुष र तेह्रथुममा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । तीमध्ये ४८ जना उपचारपछि निको भएका छन् ।

संक्रमण पुष्टि भएकाहरूकाे विराटनगरकाे काेशी अस्पताल काेभिड १९ उपचार केन्द्र र धरानकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ ।

Loading...