मोरङमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २१ जेठ । मोरङमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु भारतबाट आएका हुन । १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए ।

१५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएकाहरुलाई कोशी अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको छ ।

यो सँगै मोरङमा मात्र कोरोना संक्रमितको संख्या ७ पुगेको छ । विराटनगर महानगरपालिकामा ३ र रतुवामाई नगरपालिकामा २ जना संक्रमितको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

Loading...