कोरोना उपचारका लागि ज्वरो निको पार्ने र दुखाइ कम गर्ने आइबुप्रोफेनको परीक्षण

एजेन्सी, २१ जेठ । कोरोना भाइरस संक्रमित मानिसहरूलाई उपचार गर्न वैज्ञानिकहरू आइबुप्रोफेनको परीक्षण गरिरहेका छन् ।

लन्डनका दुई अस्पतालका चिकित्सकहरूको टोलीले ज्वरो निको पार्ने र दुखाइ कम गर्ने आइबुप्रोफेन औषधिले सास फेर्न समस्या भएका व्यक्तिलाई राहत दिन सक्ने विश्वास गरेका छन्।

लन्डनको गे र एन्ड थमस अस्पताल र किंग्स कलेजका डाक्टरहरूले यो सस्तो औषधिले बिरामीहरूलाई भेन्टिलेटरबाट टाढा राख्न मद्दत पुर्‍याउने आशा राखेका छन् ।

परीक्षणको क्रममा, बिरामीहरूलाई आइबुप्रोफेनको सामान्य ट्याब्लेटको सट्टा आईबुप्रोफेनको विशेष प्रकार्य प्रयोग गरिएको छ ।

अर्थराइतिसको समस्या भएका केही बिरामीहरूलाई पनि उक्त औषधि पनि दिइएको छ ।

जनावरहरूमा गरिएको परीक्षणमा उक्त औषधिले सास फेर्दा समस्या भएमा प्रभावकारी काम गरेको पत्ता लागेको हो ।

कोरोना भाइरसले संक्रमित बिरामीहरूलाई सास फेर्न गाह्रो भएको पाइएको छ ।

किंग्स कलेजका डाक्टरहरूको टोलीका प्राध्यापक मितुल मेहताले आफूहरूले आशा गरिएको कुरा र परिणामहरू मिल्छ वा मिल्दैन भनेर हेर्नका लागि परीक्षण गर्नु पर्ने बताउँछन् ।

तर, महामारीको सुरुमा आईबुप्रोफेनको प्रयोगका कारण धेरै नकारात्मक असर हुने भनिएको हुँदा यसको प्रयोगको बारेमा चिन्ताहरू उठाइएको थियो ।

Loading...