सुनसरीमा ७ जनामा कोरोना संक्रमण

सुनसरी, २१ जेठ । सुनसरीमा ७ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ ।

भाेक्राहा नरसिंह गाउँपालिका-८ मा क्वारेन्टाइनमा बस्दै आएका सात जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हाे ।

भारतबाट फर्किए यता क्वारेन्टाइनमा बसेका ५१ जना मध्ये ४० जनाको स्वाब परीक्षण गरिएकोमा ७ जना पोजिटिभ पाइएको हो ।

जामिया जियाउल उलुम मदरसामा बस्दै आएका सात जना कोरोना संक्रमित मध्येतीन जना विद्यार्थी रहेको बताइएको छ ।

भारतमा अध्ययनको क्रममा रहेका उनीहरू १० दिनअघि मात्र घर फर्किएका हुन् । अन्य चार जना भने कामको सिलसिलामा गुजरात गएका व्यक्तिहरू हुन् ।

संक्रमितमध्ये छ जना पहिले नै क्वारेन्टाइनमा रहेका हुन् भने एक जना भारतबाट फर्किएर घरमा केही दिन बिताएको खुल्न आएको छ ।

कोरोना संक्रमित पाइएका व्यक्ति घरपरिवारमा केही दिन बसेको पाइएको हुँदा वडा नम्बर ८ लाई सिल गर्नुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

Loading...