बुटवलमा स्वास्थ्यकर्मीसहित चार जनाले जिते कोरोना

रुपन्देही, २१ जेठ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट बुधबार एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् ।

कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए ।

निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् ।

उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा थापाले बताए ।

यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ ।

यससँगै प्रदेश पाँचमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ ।

Loading...