पीएसजी च्याम्पियन्स लिगको उपाधिका प्रतिस्पर्धा गर्न तयार छ : नाभास

एजेन्सी, २१ जेठ । कोस्टारिकाका गोलरक्षक केयलर नाभासले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार भएको बताएका छन् ।

पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने उल्लेख गर्दै नाभासले त्यसका लागि आफूहरू तयार रहेको बताएका हुन् । फ्रेन्च च्याम्पियन पीएसजीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

हाल ऊ च्याम्पियन्स लिगको अन्तिम आठमा पुगिसकेको छ । कोरोना भाइरस महामारीअघि भएको अन्तिम १६ मा समग्रमा ३–२ गोलको जित निकाल्दै उसले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

क्वार्टरबाट सेमि हुँदै फाइनलमा पुगेर उपाधि जित्ने अभियानमा पीएसजी लागेको नाभासले जनाएका छन् । ‘मलाई थाहा छ, च्याम्पियन्स लिग कठिन छ, तर यो असम्भव पनि त छैन । त्यसर्थ हामी यस प्रतियोगितामा विपक्षीविरुद्ध लड्न तयार छौं’ नाभासले पीएसजीको आधिकारिक वेबसाइटसँग भने ।

‘मेरो सहकर्मीहरू उत्पेरित छन्, उनीहरूले धेरैभन्दा धेरै कठिन कार्य गरेका छन् । किनकी उनीहरूलाई थाहा छ यो प्रतियोगिता हाम्रा लागि कति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा । यसैले हामी हरेक खेल जित्दै उपाधि जित्ने अभियानमा लागेका छौं,’ उनले भने ।

Loading...