फुर्सदमा रमाउन गोठालो (फोटो फिचर)

रंगेली, २१ जेठ । यो लकडाउनको समय हो । सबैतिर बन्द अनि सबै घरमा बसेको बेला छ । बालबालिका पनि घर मै छन् । उमेर पुगेकालाई जस्तो यीनलाई घरमा समय कटाउन निक्कै गाह्रो पर्छ ।

सहरका बालबालिकालाई समय बिताउन अनेक चिज छन् । गाउँमा पनि हुनेखानेकालाई टिभी मोबाइल हुन्छन् । तर विपन्न समुदायका बालबालिकालाई यो कठिन छ । यस्तो अवस्थामा समय बिताउन गाउँघरमा आ–आफ्नै तरिका छन् ।

धनपाल थानका आभाष अन्सारी र सद्रुल मिया भने गोठालो बाख्रा लिएर पुग्छन् । दुवै कक्षा तीनमा पढ्छन् । समय कटाउन ठूलासँग उनीहरू बाख्रा लिएर समय कटाउन गोठाला पुग्ने गर्छन् । हेरौ उनीहरूको गोठालाका तस्बिर ।

शब्द/तस्विर : यज्ञ अधिकारी

Loading...