झापामा ट्याक्टरले किचेर चालकको मृत्यु

झापा, २१ जेठ । झापाको गौरादह नगरपालिका–१ को भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।

मंगलबार ट्याक्टरले किचेर गौरीगञ्ज नगरपालिका–१ का २७ वर्षीय चालक जितु राजवंशीको मृत्यु भएको हो ।

हिजाे साँझ ६ बजेको समयमा उक्त सडक खण्डमा बिग्रिएर राखिएको मे १ त १९३२ नम्बरको ट्याक्टरलाई अर्को ट्याकटरले तानेर लैजाँदै गर्दा मे १ त १९३२ नम्बरका ट्याकटर चालक आफू बस्ने सिटबाट झर्ने क्रममा ट्याकटरको ठूलो चक्काले किच्दा घाइते भएका थिउ ।

घाइते राजवंशीलाई उपचारको लागि दमकतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Loading...