छुवाछुत गर्ने जोकोहीलाई कानूनी कारवाही हुन्छ : मुख्यमन्त्री राई

विराटनगर, २१ जेठ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले छुवाछुत गर्ने जोकोहीलाई कानूनी कारवाही गरिने बताएका छन् ।

बुधबार छुवाछुतविरुद्धको राष्ट्रिय दिवसको शुभकामना दिँदै छुवाछुत अन्त्यको लागी सबैलाई आग्रह गरे ।

मुख्यमन्त्री राईले जातीय छुवाछुत, विभेद जस्ता समस्याहरू कुनै एक समुदाय वा वर्गको मात्र होइन सिंगो देशकै समस्या भएको बताए ।

उनले छुवाछुतको समस्या अन्त्यका लागि सबैलाई संवेदनशील हुन आग्रह गरे ।

प्रदेश एकमा रहेका महिला, बालबाललिका, ज्येष्ठ नागरिक, दलितलगायत पछाडि परेका समुदायाको विकासका लागि लक्षित वर्गमैत्री संरक्षणत्मक तथा प्रवर्द्धनात्मक नीति अबलम्बन गरिएको मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

Loading...