birat ribon

जेठ २३ देखी श्रमगनतव्य मुलकबाट नेपालीहरु देश ल्याउन तयारी

Neuro
जेठ २३ देखी श्रमगनतव्य मुलकबाट नेपालीहरु देश ल्याउन तयारी

काठमाण्डौ, २० जेठ ।सरकारले श्रमगनतव्य मुलुकमा रहेका नेपालीहरुलाई २३ जेठदेखी नेपाल ल्याउने तयारी गरेको छ ।

cura insider

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले कुबेतबाट उद्दारको काम जुन ५ तारिखबाट सुरु गर्ने तयारी भएको जानकारी दिए ।

उनका अनुसार एक दिनमा एक मुलुकमा १ फ्लाइट गरी १० वटा फ्लाइट मार्फत उद्दार गरिने सरकारको योजना छ ।

सचिव विडारीले एक दिनमा २५ सय देखि ३ हजारसम्मलाई स्वदेश फर्काउने गरी सरकारले तयारी गरेको जानकारी गराए ।

विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंमा ९ वटा पार्टी प्यालेसहरुमा उनीहरुलाई राख्ने तयारी सरकारको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमानहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।

उनका अनुसार आवश्यक परेमा बुद्ध एयरलाइन्सबाट पनि उद्दार गरिनेछ । वाइडीबडीमा बढीमा २ सय ५० र अन्य विमानमा बढीमा ४० जनालाई ल्याइने छ ।

विदेशबाट आएकाहरुलाई विमानस्थलमा सामान्य चेकजाँच गरी रिङरोड आसपासमा स्थापना गरिएको प्रदेशगत होल्डिङ रुमहरुमा राखिने छ ।

विदेशबाट आएकाहरुलाई राख्नकालागि प्रदेश प्रदेशको एक एक वटा होल्डिङ रुम बनाइएको छ । त्यहाँबाट उनीहरुलाई सम्बन्धित जिल्लामा पठाइने छ ।

४० हजार नेपाली घरफर्कने अनुमान

मुलुकहरुबाट ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने अनुमान सरकारले गरेको छ ।
अहिले ४० हजारको संख्या स्वदेश फर्किन नेपाली श्रमिकहरुले चाही रहेको अनुमान सरकारको गरेको छ ।

यद्यपी यसवारे सरकारले आधिकारिक तथ्याङ्क सम्बन्धित मुलुकका दूतावासहरुबाट संकलन गरिरहेको छ ।

परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा जानकारी गराए अनुसार कुवेतबाट तत्काल ८ हजार, साउदी अरबबाट ८ हजार र युएइबाट ४ हजार नेपाली आउने तयारीमा रहेको बताउनुभयो ।

यसैगरी मलेसियाबाट ७ हजार कतारबाट ११ हजार, बहराइनबाट ३ सय जोर्डनबाट ६ सय, साइप्रसबाट ४ सय र अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार रहेको जानकारी गराएका छन ।

अब दुई दिनभित्र यो सबै दूतावासबाट आधिकारिक तथ्याङ्क आउने सचिव बैरागीले बताएका छन ।

सचिव बैरागीका अनुसार सरकारले तय गरेको प्रथामिकताको सूची अनुसार स्वदेश फर्किन चाहानेहरुले सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने छ ।

केही खाडी मुलुकहरुले आममाफी पाएका व्यक्तिहरुलाई सम्बन्धित देशले आफ्नो खर्चमा पठाउने भनेपनि अन्यको हकमा व्यक्तिगत खर्च लाग्ने उनले बताए ।

jackson ribon