birat ribon

दलित मानव अधिकार बिरोधी घटनाको अलग्गै सेलबाट अनुसन्धान गर्न सरकारलाई निर्देशन

Neuro
दलित मानव अधिकार बिरोधी घटनाको अलग्गै सेलबाट अनुसन्धान गर्न सरकारलाई निर्देशन

काठमाण्डौ, २० जेठ । दलित मानव अधिकार विरोधी घटनाको अलग्गै सेल निर्माण गरेर अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

cura insider

संघीय संसद प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकले नेपाल सरकार गृह मन्त्रालयलाई दलित मानव अधिकार विरोधी घटनाको अनुसन्धान गर्न छुट्टै प्रहरी सेल गठन गर्न निर्देशन दिएको हो ।

सभापति कृष्ण भक्त पोख्रेलले नेपाल प्रहरी भित्र महिला बालबालिका सेल भए जस्तै दलितहरुको पनि अलग्गै सेल बनाएर यसलाई संवेदनशिल ढंगबाट अध्ययन अनुसन्धान गर्न र दोषिलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन गरेको जानकारी गराए ।

समितिले पश्चिम रुकुममा मृत्यु हुने सबैमा श्रद्धान्जली अर्पण गर्दै वेपत्ता भएकाको तत्काल खोजिगर्न र घाइतेहरुको उपचार निशुल्क गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

यसैगरि दलित समुदायमाथि श्रङ्खलाबद्ध विभेद हिंसाका घटनाहरु घटिरहेकोले सबै प्रकारका जातिय विभेदका स्वरुप र हिंसा अन्त्य गर्नका लागि महाअभियान चलाउन पनि सरकारलाई निर्देशन गरेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले संसारको सबैभन्दा बढी लोकतान्त्रिक र समृद्ध मुलुकमा समेत जातिय विभेदका घटनाहरु भइरहेको बताउँदै नेपालमा पनि कानुनी र राजनीतिक रुपमा विभेद अन्त्य भएपनि व्यवहारीक रुपमा कायमै रहेको स्वीकार गरे ।

उनले घटनाको निष्पक्ष छानविन सहित दोशिलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

jackson ribon