नरिवल पानी : रक्तचाप तथा तौल नियन्त्रण गर्नेदेखि छालाको लागि फाइदाजनक

विराटनगर, २० जेठ । नरिवलमा प्रशस्त मात्रामा पानी हुने भएकाले यसलाई अरु फलभन्दा भिन्न मानिन्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार नरिवल पानी गुलियो हुनुका साथै यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, मिनरल्स, इलेक्ट्रोलाइट्स, एमिनो एसिड लगायतका विभिन्न पोषण तत्वहरू पाइन्छ ।

नरिवल पानीमाको सेवनले शरीरमा तत्काल ऊर्जा प्रदान गर्नुका साथै शरीरमा पानीको कमी हुन दिँदैन ।

नरिवलको पानीको सेवनले गर्मी भगाउन पनि मद्दत गर्छ । यस्ता छन् नरिवल पानीका केही फाइदाहरूः

रक्तचाप नियमित गर्छ : नरिवलको पानीले रक्तसञ्चार सुधार गर्न मद्दत गर्छ । नरिवल पानीको नियमित सेवनले उच्च रक्तचापको स्तरलाई कम गरी हृदयघात र अन्य हृदयसम्बन्धी जोखिमहरूलाई कम गर्छ । यसले रगतमा चिनीको स्तरलाई पनि नियन्त्रण गर्छ ।

वजन घटाउन मद्दत गर्छ : वजन घटाउन कोशिस गरिरहेका व्यक्तिहरूले नरिवल पानीलाई पनि आफ्नो डाइट चार्टमा हुनु पर्छ । नरिवल पानीमा फ्याट निकै कम हुने हुँदा यसको सेवनले तौल घटाउन मद्दत गर्छ ।

प्रतिरक्षा शक्ति बढाउन : राइबोफ्लेविन, नियासिन, थायमिन पाइराइडोक्साइन तथा फोलेट्स जस्ता पोषक तत्व र भिटामिनहरूमा धनी हुने नरिवलको पानीमा एन्टि-भाइरल र एन्टि-ब्याक्टेरियल गुण हुन्छ । यी सबै तत्वहरूले शरीरको प्रतिरक्षा प्रणाली बढाउन र फ्लू जस्तो भाइरल संक्रमणको विरुद्ध लड्न मद्दत गर्छ ।

गर्भवती महिलाहरूको लागि : मुटु पोल्ने समस्या, ढिलो पाचन तथा कब्जियतसँग लड्नका लागि गर्भावस्थामा नरिवल पानीको सेवन फाइदाजनक हुन सक्छ ।

मृगौलाको कार्यमा सुधार गर्छ : नरिवल पानीमा खनिज, पोटेशियम र म्याग्नीशियम हुने कारण यसको सेवनले कुनै पनि मिर्गौला रोगबाट पीडित व्यक्तिलाई फाइदा पुर्‍याउँछ ।

छालाको लागि : पिम्पलको समस्या भएमा वा आफ्नो जवानी कायम राख्नका लागि अनुहारमा नारियल पानी लगाएर रातभर छोड्नुहोस् । नरिवल पानीले मर्मत गर्ने गुणहरूको कारण, यो हात र नङहरूमा पनि लागू गर्न सकिन्छ।

Loading...