birat ribon

क्वारेन्टाइनमा बसेकाहरुको १४ दिनभित्र पीसीआर परीक्षण गराउन निर्देशन

Neuro
क्वारेन्टाइनमा बसेकाहरुको १४ दिनभित्र पीसीआर परीक्षण गराउन निर्देशन

विराटनगर, २० जेठ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको १४ दिनभित्र अनिवार्य पीसीआर परीक्षण गरिसक्न संसदीय समितिले सरकारलाई निर्देशन गरेको छ ।

cura insider

संघीय संसदको मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुन पनि व्यक्ति क्वारेन्टाइनमा बसेको १४ दिनभित्र अनिवार्य पीसीआर परीक्षण गराइसक्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले विदेशबाट आउने महिला, गर्भवति महिला, जेष्ठ नागरिक लगायतको निःशूल्क परीक्षणको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन गरेका छन ।

रोजगारी गुमाएका र स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन पनि समितिले सरकारलाई निर्देशन गरेको छ ।

jackson ribon