birat ribon

लकडाउनमा मृत्यु भएका गर्भवति र सुत्केरीबारे छानविन गर्न सांसदहरुको माग

Neuro
लकडाउनमा मृत्यु भएका गर्भवति र सुत्केरीबारे छानविन गर्न सांसदहरुको माग

काठमाण्डौ, २० जेठ । डाउन अवधिमा मृत्यु भएका सुत्केरी र गर्भवति महिलाहरुको घटना छानविन गर्न राष्ट्रिय सभा सांसद दिल कुमारी थापा रावलले माग गरेकी छन ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले लकडाउनको समयमा ५८ जना सुत्केरी र गर्भवतीहरुको मृत्यु भएको भन्दै छानविन गर्न सरकारसँग माग गरेकी हुन ।

cura insider

उनका अनुसार लकडाउनको समयमा कतै उपचार नपाएर अस्पता बाहिर त कतै अस्पताल भित्रै अनि कतै क्वारेन्टाइमा सुत्केरी र गर्भवति महिलाहरुको मृत्यु हुदै आएको छ ।

उनले घटनाको छानविन गरि सत्यतथ्य सदनमा जानकारी गराउनुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराइन ।

स्वास्थ्य संस्थामा गर्भवति महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न उचित व्यवस्थापन गर्न पनि उनले आग्रह गरिन ।

जोखिममा रहेका महिला र किशोरीहरुका लागि छुट्टै निर्देशिका बनाएर सरकारले लागु गर्नुपर्ने उनले जोड दिइन ।

मंगलबारकै बैठकको शुन्य समयमा सांसद अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर डिस्पोजल गर्न सरकारसँग आग्रह गर्नुभयो । रोल…

सांसद विमला राई पौडेलले विगत वर्षहरुमा जनचेतना अभावका कारण गर्भवति र सुत्केरी महिलाहरुको ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन ।

उपचार नपाएर क्वारेन्टाइनमा सुत्केरी महिलाहरुको मृत्यु भएको समाचारहरु आइरहे पनि सरकार गम्भिर नबनेको सांसद राईले आरोप लगाइन ।

पर्याप्त पीसीआर परीक्षण नहुनु, स्वास्थ्य उपकरणको अभावमा गर्भवति महिलाहरुको चेकजाँच नुहनुले पनि घटनाहरु घट्ने गरेको उनले तर्क राखिन ।

लक डाउनमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाको अन्त्य गर्न सरकारसँग आग्रह गरिन ।

jackson ribon