birat ribon

पशुपति र मुक्त्तिनाथको आर्शिबाद लिएर सच्चिन भारतीय प्रम मोदीलाई आग्रह

Neuro
पशुपति र मुक्त्तिनाथको आर्शिबाद लिएर  सच्चिन भारतीय प्रम मोदीलाई आग्रह

काठमाण्डौ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रबक्त्ता तथा सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफुलाई सच्याउन आग्रह गरेका छन ।

cura insider

मंगलबार राष्ट्रियसभाक बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी आर्शिबाद लिएर आफुलाई सच्याउन आग्रह गरेका हुन ।

सांसद श्रेष्ठले अतिक्रमणकारी प्रवृतिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन भारतीय प्रम मोदीलाई आग्रह गरे ।

भने , ‘यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाइको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईले आराधना गर्नुहा आशिर्वाद लिनुहोस् र पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिनु हुँदैन भन्नुहोस ।’

उनले हिजोको अतिक्रमणकारी, कब्जा गर्ने प्रवृति सच्याएर सत्यको पक्षमा उभिएमा नेपाल भारत सम्बन्ध सुमुधुर भएर जाने बताए ।

इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि बार्ता गर्न नेपाल तयार रहेको सांसद श्रेष्ठले प्रस्टपारे ।

सांसद श्रेष्ठले उत्तरी छिमेकी चीन असल भएपनि सन् २०१५ मा भारतसँग गरेको एक व्यापारिक सम्झौताले नेपालको चित्त दुखेको बताए ।

चीनले नेपालको सार्वभौमिकता अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृति नदेखाएको कारणले नेपालले सधै सम्मान गरेको तर भारतसँग गरेको सम्झौताले नेपाललाई चित्त दुखाउन बाध्य बनाएको बताए ।

उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा जानअन्जान आँच पुग्ने वा बल पुग्ने काम नगर्न चीनसँग अनुरोध गरे ।

उनले भने , ‘सन २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा भएको सम्झौताको आत्मसमिक्षा गर्न आगह गर्दछु ।’’

प्रवक्ता श्रेष्ठले इपीजी समूहले सहमतिमा नेपाल भारत सम्बन्ध, समस्या र समाधानका विषयमा तयार पारेको प्रतिवेदन भारतले बुझ्न नमानेको प्रति पनि दुःख व्यक्त गरे ।

भारतसँगका सबै असमान सन्धि सम्झौता खारेज गरिनुपर्ने सांसद श्रेष्ठले माग गरे ।

jackson ribon