birat ribon

स्वरुप परिवर्तनपछि केही खुकुलो बन्दै लकडाउन

Neuro
स्वरुप परिवर्तनपछि केही खुकुलो बन्दै लकडाउन

काठमाण्डौ , २० जेठ । कोरोना भाइरस संक्रमण रोकथामकालागि ११ चैतदेखी सुरु भएको लकडाउन भोलि बुधबारदेखी स्वरुप परिवर्तन भएपछि केही खुकुलो हुनेभएको छ ।

सरकारको कोभिड– १९ नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यदलले मंगलबार बिशेष कार्ययोजना बनाएर देशभरि योजना अनुसार अढाई महिना लामो लकडाउन भोलि बुधबारदेखी खुकुलो बनाउने भएको हो ।

cura insider

लकडाउनलाई लुज बनाउन कार्यदलले प्रदेश , जिल्ला र स्थान अनुसार जोखिम आंकलन गरेर योजना बनाएको छ । आज मंगलबार अपरान्ह्र सम्म कार्यदलले लकडाउन कहाँ र केकसरी खुकुलो बनाउन सकिन्छ भन्नेबारे योजनाको खाका सार्वजनिक गर्ने तयारी छ ।

उच्चस्तरिय समिति स्रोतका अनुसार भाडाका सार्वजनिक सवारी साधन , शैक्षिक सँस्था , तालिम तथा प्रशिक्षण केन्द्र, मदिरा, सुर्तिजन्यसहितका गैरखाद्यवस्तु विक्रि र वितरण, होटल, बार, रेष्टुरेण्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, रंगशाला, जिम सेन्टर, सैलुन तथा व्युटी पार्लर, क्यासिनोहरु अझै पुर्ण रुपमा बन्द हुनेछन ।

आन्तरिक र अन्तराष्ट्रिय उडान सेवा पनि अझै बन्द नै रहनेछ । तर सिमित शहरी क्षेत्रमा जोरविजोर प्राणालीबाट सवारी साधन चल्नेछन ।

मोटरसाइकलमा एकजना र चारपांग्रे गाडीमा दुई जना सम्मले यात्रा गर्न पाउनेछन । बैक र बित्तिय संस्थाहरुले आलोपालो प्राणालीबाट शाखाहरु खोल्न पाउनेछ ।

खादयान्न, दुग्ध, खानेपानी, इँटा, पशुपन्छी तथा माछाको दाना, खाने तेल, चिनी, कफी, चिया आदि दैनिक उपभोग्य वस्तु बिक्रि गर्ने पसलकालागि समय निर्धारण गरिनेछ ।

औषधी स्वास्थ्य संस्थाहरु चौबिसै घण्टा खुल्नसक्नेछन । अटोमोबाइल, बालुवा, क्रसर, सिमेण्ट, जिआई प्लाष्टिक पाइप, बिजुलीसम्बन्धी, फोहोर मैला संकलनकालागि पनि समय निर्धारण गरिनेछ । अनुमति होटल, गेष्ट हाउस र रिसोर्टहरुमात्र सञ्चालन हुन पाउनेछन ।

jackson ribon