मधुमेह रोगीलाई कोरोना संक्रमणकाे जोखिम कम गर्ने उपाय

कोरोना भाइरसले सबै व्यक्तिहरूलाई असर पार्न सक्छ । तर, पहिलादेखि नै स्वास्थ्यमा विभिन्न समस्या हुने व्यक्ति तथा दीर्घरोगीहरू बढी खतरामा हुन्छन ।

अमेरिकी डायबिटीज एसोसिएसनका अनुसार मधुमेह नभएका मानिसहरुको तुलनामा मधुमेह भएका मानिसहरूलाई कोभिड १९ हुने सम्भावना बढि हुन्छ ।

चीन, इटाली, भारत तथा अमेरिकाको प्रारम्भिक तथ्यांकले मधुमेह भएका बिरामीहरूलाई गम्भीर कोभिड १९ रोगको बढी जोखिम हुन सक्ने देखाएको छ ।

मधुमेह जस्ता दीर्घकालीन रोग भएका व्यक्ति, कोरोना भाइरसको फैलावट र यसले गर्ने असरका बारेमा बढी चिन्तित छन् ।

मधुमेह रोगीहरूको प्रतिरोधात्मक प्रणाली कम्जोर हुने भएकाले उनिहरूलाई संक्रमणबाट लड्न गाह्रो बनाउने हुन्छ ।

मधुमेह भएका मानिसहरूलाई कोरोना संक्रमित हुने जोखिम कम गर्न र आफ्नो सुरक्षाको लागि यी विषयमा ध्यान दिनपर्छ –

पटक पटक आफ्ना हात कम्तिमा २० सेकेन्ड साबुन र पानीले धुने वा ६० प्रतिशत रक्सी भएको सेनिटाइजरको प्रयोग गर्ने ।

सार्वजनिक ठाउँमा जादा खोकी वा हाच्छिउ आइरहेको छ भने विशेष सावधानी अपनाउनु पर्छ ।

आफ्नो हात नधोएसम्म अनुहार नछुने ।

अनावश्यक यात्रा वा भीडभाड क्षेत्रबाट टाढा रहने ।

सार्वजनिक ठाउँमा जादा सिढी, ढोकाका ह्यान्डल जस्ता सतहहरू नछुने ।

छुन परेमा टिस्यु वा रुमाल प्रयोग गर्ने र प्रयोग पछि फ्याक्ने ।

भाडा, लुगा तथा रुमाल अरूको प्रयोग नगर्ने र आफ्नो पनि अरुलाई गर्न नदिने ।

श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरूसँग सम्पर्क नराख्ने ।

शरीरमा ब्लड सुगर लेभल नियन्त्रणमा राख्ने ।

स्तो समयमा व्यायाम गर्न बाहिर जानु भन्दा पनि घरमै गर्ने ।

खानपानमा ध्यान दिइ प्रसस्त मात्रामा पानी पिउने ।

आफुलाई चाहिने औषधि आफैसँग राख्ने ।

आफुलाई ब्यस्त राख्नका लागि रचनात्मक कार्यहरू गर्ने ।

Loading...