मास्क र सामाजिक दुरी कोरोना भाइरस रोकथाममा प्रभावकारी

विराटनगर, २० जेठ । मास्क लगाएर र सामाजिक दूरी कायम गरी हिडेमा कोरोना भाइरसको रोकथाममा प्रभावकारी हुने देखिएको छ ।

बीबीसीमा उल्लेख गरिएकाे रिपाेर्ट अनुसार अमेरिकी अनुसन्धानले घरबाट निस्किनु अघि वा भिड हुने ठाउँमा मास्क लगाउँदा र सामाजिक दुरी अपनाएर हिंड्नाले कोरोना भाइरसको फैलावटलाई प्रभावकारी रुपमा रोक्न सक्ने निष्कर्ष निकालेका हुन ।

तर, यी दुई सावधानी सँगै बारम्बार हात साबुन पानीले हात धुने बानीले रोकथाममा सहयोग पुर्‍याइ रहेको हुन्छ ।

अनुसन्धानकर्ताहरूले एन ९५ मास्क कोरोना रोक्न सबैभन्दा प्रभावकारी हुन सक्ने बताएका छन् । साथै, कपडाको एकल तहको मास्क भन्दा पनि सर्जिकल मास्कले राम्रोसँग काम गर्ने उनीहरूको भनाइ छ ।

सोमबार प्रकाशित भएको उक्त अनुसन्धानले कोरोना संक्रमणको जोखिम कम गर्न दुई व्यक्तिबीच एक मीटर वा तीन फिटको दूरी अपनाउनु पर्ने उल्लेख छ । तर, एक अर्काबीच दुई मिटरसम्मको दूरी कायम गर्नु राम्रो मानिन्छ ।

Loading...