कचनकवलका एकसय संक्रमित मध्ये १७ जनाले जिते कोरोना, क्वारेन्टाइनमा बस्नेको माग घरजान दिनुपर्याे

झापा, २० जेठ । झापाको कचनकवल गाउँपालिकाका कोरोना संक्रमित एकसयजना मध्ये १७ जनाले कोरोना जितेका छन ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि साेमबार राति १७ जना डिस्चार्ज भएका हुन ।

कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका मध्ये १७ जनालाई कोरोना देखिएपछि दुईसाता अघि अस्पताल भर्ना भएका थिए ।

आफूहरुसँगै बसेका व्यक्ती कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भइसकेपछि विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले घर जान दिन माग गरेका छन् ।

लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जना छन् । सँगै आएका साथीहरु उपचार पछि डिस्चार्ज भएपछि उनीहरुले घर जान दिन माग गरेका हुन ।

क्वारेन्टाइनमा बसेकाहरु सबैको नमुना संकलन गरी पठाएको बताउँदै गाउँपालिका अध्यक्ष अन्जरा आलमले रिपोर्ट आउन ढिलो भएका कारण क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन नसकिएको बताए ।

Loading...