साथीको घरमा विवाद, बाटो छेकेर साथीको हत्या

विराटनगर, २० जेठ । साथीको घरमा भएकाे समान्य विबादपछि सुनसरी इटहरी उपमहानगरपालिका– २० तहराका २८ वर्षिय रादन राई (राजन)को उनकै साथीले बाटो छेकेर हत्या गरेका छन् ।

हत्या आराेपी

इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा स्थित एकता चौंकमा आइतबार राति कानेपोखरी गाउँपालिका– ५ जहदा घर भइ तरहरा बस्दै आएका २० वर्षिय प्रज्वल तामाङ, इटहरी २० तरहराका २३ वर्षिय अभिषेक पौडेल र १९ अभिषेक केसीले बाटो छेकेर छुरा प्रहार गरि रादनको हत्या गरेका हुन ।

छुरा प्रहारबाट गम्भिर घाइते भएका रादनलाई उपचारका लागि आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

राईको हत्यामा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

छुरा प्रहार पछि फरार भएका आरोपी साथीहरुलाई प्रहरीले इटहरी उपमहानगरपालिका वडा नम्बर ११ खनार बुढीखोला पुलबाट पक्राउ गरिएको थियो ।

छुट्टीमा आएका राई, फर्कन पाएनन्

परिवारसहित बेलायतमा बस्दै आएका राई लकडाउनका कारण फर्कन पाएका थिएनन् ।

३ महिना अघि छुट्टीमा आफ्नो घर नेपाल आएका उनको लकडाउनका कारण भिषा हवाई टिकट रद्द भएको थियो । उनी तरहरा स्थीत घरमै बसिरहेका थिए ।

आइतबार राति ९ः२० बजे बजे खिले भन्ने अमित घिमिरेको घरमा राई र प्रज्वल तामाङबीच सामान्य विवाद भएको थियो ।

विवादको कारण भने ठूलो थिएन् । मदिरा सेवन गरेका उनीहरुबीच जिस्कने क्रममा विवाद भएको प्रहरीले बताएको छ ।

सामान्य विवाद पछि ९ः४० मा खिलेको घरबाट मृतक राई आफ्नो घर तर्फ आउँदै थिए ।

तर एकता मार्गमा जागिरमान राईको घरको दक्षिण पश्चिम बाटोमातामाङसहित अभिषेक केसी र अभिषेक पौडेलले बाटो छेके ।

राईसँग भएको विवादमा रिसमा प्रज्वल तामाङले छुरा प्रहार गरे । सामान्य विवाद पछि उनी साथीसँग सल्लाह गरी छुरा लिएर आएका थिए ।

छुट्याउन खोज्दा अनिल दाहाललाई लाठ्ठी प्रहार गरेका थिए । प्रहरीका अनुसार छुरा प्रहार गर्नेहरु र मृतक साथी हुन ।

कुटपिट र छुरा प्रहारबाट गम्भिर घाइते भएका राईलाई लक्ष्मण गुरुङ, खिले भन्ने अमित घिमिरे र अनिल दाहालसमेतले उद्दार गरी नजिकमा रहेको नितान्त पोलिक्लिनिकमा लगे ।

थप उपचारको लागि धरान लगियो ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको थियो ।

हत्यामा संलग्नहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।

राईको हत्यामा संलग्न दुई जना कक्षा १२ र एक जना कक्षा ११ मा अध्ययनरत रहेको समेत खुलेको छ ।

२० वर्षिय प्रज्वल तामाङ कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन । १९ बर्षीय अभिषेक गिरी कक्षा ११ मा अध्ययन हुन । २३ वर्षिय अभिषेक पौडेल कक्षा १२ मा अध्ययनरत थिए ।

Loading...