१० संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुग्यो

पोखरा, २० जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार स्याङ्जा र पर्वतका ५–५ जना गरि १० नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमित भेटिएका हुन् ।

पर्वतमा पनि एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् ।

जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला गाउँपालिकाका ३ गरी ५ संक्रमित भेटिएका हुन् ।

संक्रमित पाँचै जना सदरमुकाम कुश्माको क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमण पुष्टि हुनेमा फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Loading...