विश्वमा कोरोना : ३ लाख ७७ हजारको मृत्यु, २९ लाख निको

काठमाडौं, २० जेठ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

हाल सम्म ६३ लाख ६५ हजार ३ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार हाल सम्म ३ लख ७७ हजार ४ सय २ जनाले ज्यान गुमाएका छन् ।

यस्तै हाल सम्ममा २९ लाख ३ हजार ३ सय ९४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार ब्राजिलमा ५ लाख २६ हजार ४ सय ४७ संक्रमित छन् ।

बेलायतमा २ लाख ७७ हजार ७ सय २७, स्पेनमा २ लाख ३९ हजार ६ सय ३८ संक्रमितको संख्या छ ।

यस्तै इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

सय ३२ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा भने १८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २१ जना संक्रमणमुक्त भएका छन् ।

Loading...