रुसमा बढ्दै कोरोना संक्रमण, एकै दिन १६२ को मृत्यू

काठमाडौं, २० जेठ । रुसमा ४ लाख १४ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण फैलिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार एकै दिन ९ हजार ३५ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख १४ हजार ८७८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १६२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ८५५ पुगेको छ ।

२ लाख ३४ हजार १४६ जनाको उपचार भइरहेको छ ।

१ लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

Loading...